Comments Add Comment

उत्तर कोरियाबारे प्रभावकारी रणनीति ल्याउन बाइडन र मूनबीच छलफल

Photo Credit : AFP

२२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी मून जाइ–इनबीच फोनवार्ता भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनीहरुबीच दुई मुलुकको आपसी सम्बन्ध विस्तार गर्ने र उत्तर कोरियाबारे प्रभावकारी रणनीति लिने विषयमा छलफल भएको थियो । गत जनवरी २० मा बाइडनले अमेरिकाको राष्ट्रपतिमा शपथ लिएपछि पहिलोपटक दक्षिण कोरियाली समकक्षीसँग फोनवार्ता गरेका हुन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा मूनले अमेरिका र उत्तर कोरियाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए । मूनका प्रवक्ताले योन्हाप समाचार एजेन्सीसँग कुरा गर्दै मूनको बाइडनसँगको वार्तामा उत्तर कोरियाको निशस्त्रीकरणका लागि मिलेर काम गर्ने सहमति भएको बताए । वार्ताको क्रममा बाइडनले महत्वपूर्ण लक्ष्य हासिल गर्न सहकार्य बढेर अघि बढ्न आग्रह गरेका थिए ।

ट्रम्पको प्रशासनले उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास गरेको थियो । यो क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता पनि भएको थियो । यद्यपि त्यसपछि भने बिस्तारै उनीहरुको सम्बन्ध चिसिँदै गएको थियो । अहिले धेरैमा बाइडन प्रशासनले उत्तर कोरियाबारे कस्तो नीति लिन्छ भन्ने चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment