Comments Add Comment

राष्ट्रसंघको सुरक्षा परिषद्ले भन्यो- सुकीलाई तत्काल रिहा गर

२२ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरेको छ । बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा परिषद्का सबै सदस्य मुलुकहरु म्यानमारमा प्रजातान्त्रिक परिवर्तनको पक्षमा रहेको बताएको छ ।

गत सोमबार म्यानमारको सेनाले शक्ति आफ्नो हातमा लिँदै प्रजातन्त्र पक्षधर नेताहरुलाई पक्राउ गरेको थियो । यससँगै पाँच वर्षअघि जनताको हातमा आएको सत्ता पुनः खोसिएको थियो । यसअघि मंगलबार भएको बैठकमा चीनले परिषद्ले जारी गर्न लागेको वक्तव्य रोकेको थियो । बिहीबार सार्वजनिक गरिएको विज्ञप्तिमा म्यानमारमा पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरिएको छ । साथै मुलुकका प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना गरिनुपर्ने, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न परिषद्का सदस्यहरुले माग गरेका छन् ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यसअघि नै म्यानमारको सेनाले गरेको कू पूर्णरुपमा अस्वीकार्य रहेको बताइसकेका छन् । उनले राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर म्यानमारको कू असफल गराउन सहयोग गर्ने बताएका थिए । उनले निर्वाचन भएको नतिजा स्वीकार नगरी गरिएको कू असफल हुँदै सामान्य अवस्था आउने विश्वास पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment