+
+
Shares

बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते ९:०४
फाइल तस्वीर

२८ माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनले ‘महिला मार्च’ गर्ने भएको छ ।

शुक्रबार माघ ३० गते बसन्तपुर डबलीबाट माइतिघरसम्म महिलाहरुको टोलीले मार्चसहित आन्दोलन गर्न लागेको हो नागरिक समाजको महिला फोर्सले जारी गरेको विज्ञप्तिअनुसार मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्मका सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ भन्दै माचए गर्न लागिएको हो ।

विज्ञप्तिमा भनिएको छ- ‘सबै किसिमका महिला हिंसा,हत्या र दण्डहिनताको समूल अन्त्य गर्न हामी आन्दोलित छौं । यसआन्दोलनमा आमनागरिकलाई सामेल हुन हार्दिक अपिल गर्दछौं ।’

मार्च वसन्तपुर हुँदै न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबार मूलगेटमा आएर सभामा परिणत हुनेछ । जसमा महिला तथा पुरुष टोलीले महिला मुक्तिको नारा लगाउँदै अगाडि बढ्ने बताएको छ ।

वृहत् नागरिक आन्दोलनका तर्फबाट मोहना अन्सारी, अर्चना थापा, रिता शाह, रिता परियार, प्रणेता, प्रणिका कोयु, प्रकृति भट्टराई, कैलाश राई र दोभान राईले महिला मार्चको संयुक्त अपिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?