+
+
Shares

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १८:१८

२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० औं स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारी र अनुसन्धानकर्तालाई सम्मान गरेको छ ।

यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपाने र प्रहरी निरीक्षक राजु अधिकारीले पाएका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्रसहित २५ हजार रुपैयाँ प्रदान गरिन् ।

त्यस्तै, १९ जनाले अख्तियार सेवा पुरस्कार पाएका छन् । पुरस्कारको राशी २० हजार रुपैयाँ छ ।

पुरस्कृत हुनेमा सह–सचिव नारायणप्रसाद सापकोटा, शिवकुमार कार्की, झनककुमार खत्री, नारायणप्रसाद दाहाल, उपन्यायाधिवक्ता धर्मअवतार कोइराला, सिनियर डिभिजनल इञ्जिनियर महेशप्रसाद यादव, उपसचिव मेघनाथ रिजाल, शिवराज रेग्मी, प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापा र केशव भट्टराई छन् ।

त्यस्तै, शाखा अधिकृत कृष्णबहादुर दाहाल, इञ्जिनियर ज्योति तामाङ, नापी अधिकृत प्रशान्त घिमिरे, शाखा अधिकृत कुलचन्द्र पराजुली, सुरेशचन्द्र अधिकारी, इञ्जिनियर रजल श्रेष्ठ र रामकृष्ण पाठक पनि सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?