+

टाइगर कप भलिबल (महिलातर्फ) : पुलिसको लगातार दोस्रो जित

२०७७ माघ  २८ गते १९:२५ २०७७ माघ २८ गते १९:२५
टाइगर कप भलिबल (महिलातर्फ) : पुलिसको लगातार दोस्रो जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको विभागीय भिडन्तमा पुलिसले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

आर्मीले पुलिस विरुद्ध पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर पुलिसले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछि लगातार तीन सेट जित्यो । पुलिसले दोस्रो सेट २५-२३, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१६ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा पुलिसले घरेलु भलिबलको बलियो टोली तथा उपाधि दाबेदार एपीएफलाई सोझो पराजित गरेको थियो ।

चार टिम सम्मलित प्रतियोगितामा पुलिस २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । पुलिसले अब राउण्ड रोबिन लिगको अन्तिम खेलमा न्यु डायमण्डसँग खेल्नेछ । शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय