३० माघ, काठमाडौं । इंगल्याण्डका फास्ट बलरद्वय जेम्स एण्डरसन र जोफ्रा आर्चरले भारतविरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् ।
पहिलो खेलमा भारतलाई २२७ रनले हराउँदा ५ विकेट लिएका एण्डरसनलाई आराम दिन लागिएको हो भने आर्चरले चोटका कारण खेल गुमाउने भएका हुन् । आर्चरको कुहिनोमा चोट लागेको छ । यस्तै डम बेस भने टिमबाट हटाइएका छन् ।
मोइल अली, स्टुअर्ट ब्रोड, बेन फोएक्स, ओली स्टोन र क्रिस वोएक्स १२ सदस्यीय टिममा समावेश छन् । फास्ट बलर मार्क उडलाई पनि तेस्रो टेष्टसम्मको लागि आराम दिइएको छ ।
दोस्रो टेष्टका लागि इंग्ल्याण्डको १२ सदस्यीय टोली शुक्रबार घोषणा भएको हो । भारत र इंगल्याण्डबीचको तेस्रो टेष्ट शनिवार चेन्नाईमा सुरु हुनेछ ।
इंग्लिस टिम
जोए रुट (कप्तान), मोइन अली, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, बेन फोएक्स, डान लरेन्स, ज्याक लिच, ओली पोप, डम सिबले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोएक्स ।
प्रतिक्रिया 4