Comments Add Comment

टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

काठमाडौं । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको उपाधि गण्डकी प्रदेशले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको रोमाञ्चक फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ ले सेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

पहिलो सेट २५-२२ ले जित्दै गण्डकीले अग्रता बनाएको थियो । दोस्रो सेट आर्मीले २५-२१ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले टाइब्रेकमा जित्दै अग्रता बनायो । चौथो सेट आर्मीले २५-२३ ले जितेपछि बराबरी भयो । पाँचौ तथा निर्णायक सेट गण्डकीले १५-११ ले जित्यो ।

चार टिम सम्मिलित प्रतियोगिताको लिग चरणमा गण्डकीले एपीएफ र आर्मीलाई पराजित गरेको थियो भने नेपाल पुलिससँग पराजित भएको थियो ।

त्यसअघि महिलातर्फ एपीएफलाई सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा पुलिसले एपीएफलाई २५-२२, २५-२२, २५-२१ ले पराजित गरेको हो ।

चार टोली सम्मिलित प्रतियोगिताको पहिलो लिग खेलमा पनि पुलिसले एपिएफलाई पराजित गरेको थियो । पुलिस र एपीउफ लिग चरणपछि शीर्ष दुईमा रहेर फाइनल पुगेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार प्राप्त गरेका छन् ।

यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment