Comments Add Comment

‘कृष्ण लीला’को ‘कुनै दिन यस्तो’ गीतको भिडियोमा पुष्प र श्रद्धाको रोमान्स

चैत्रको २७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘कृष्ण लीला’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीतमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा श्रेत्रीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा पुष्प र श्रद्धा रोमान्टिक अवतारमा देखिएको छन् ।

गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । रामजीले यो गीतको भिडियोमा केही नयाँ प्रयोगहरु समेत गरेका छन् ।

दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रको छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा गरिएको छ । यो चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लभस्टोरी कथामा तयार भएको चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन छ ।

प्रकाश कार्की र केबल तामाङको लगानीमा बनेको चलचित्रमा सह–निर्माताका रुपमा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । यो चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment