Comments Add Comment

अदालतलाई दबावमा राख्ने काम भयो : महर

फाइल तस्वीर

३ फागुन, बझाङ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । आधिकारिक रुपमा विभाजन भइ नसकेका दुवै समूहको दबावकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको नेता महरको भनाइ छ ।

बझाङको पाथिभरामा आयोजित सभामा नेता महरले अदालतले निर्णय प्रक्रियामा गरेको ढिलाइका कारण राजनीतिक संकट प्रतिदिन गहिरिँदै गएको बताए । ‘सर्वोच्च अदालतलाई राजनीतिक दबावमा राख्ने काम भएको छ,’ महरले भने, ‘अदालतले निर्णय दिन गरिरहेको ढिलाइले मुलुकमा ध्रुवीकरणसँगै संकट थपिँदै गएको छ ।”

महरले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको बताए । “अदालतले जति दिन फैसला गर्न समय लिन्छ त्यति नै समस्या बढ्दै जाने देखिन्छ ” महरले भने अदालतको निर्णयमा कुनै पनि खाले दबाव देखिनु हुँदैन ।”

सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए । साथै उनले कम्युनिस्ट सरकारबाट असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन संविधानमाथि गरिदैँ आएको उल्लंघनको निरन्तरता मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment