+
+
Shares

सेयर लगानीकर्ता कोइरालाले तोडे आमरण अनसन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १८:४०

५ फागुन, काठमाडौं । पुँजीबजारको नीतिगत सुधारको माग राख्दै आमरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । चौथो दिनको दिन बुधबार नेपाल धितोपत्र बोर्डले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि कोइरालाले अनसन तोडेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार लगायतका लगानीकर्ताका नेताहरु र नेपाल धितोपत्र बोर्डका अधिकारीहरुबीच भएको छलफल पछि अनसन तोड्ने सहमति भएको थियो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, कार्यकारी निर्देशक निरज गिरी लगायतको अनसन स्थल पुगेको थियो । अध्यक्ष ढुंगानाकै हातबाट जुस पिएर कोइरालाले अनसन तोडेका हुन् । कोइराला २ वर्ष अघि पनि आमरण अनसन बसेका थिए । त्यसबेला लगानीकर्ताहरुको चर्को दवावपछि सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजारसम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो ।

सो समितिले कार्यान्वयन गर्ने निकाय र समय तालिकासहित सिफारिस गरेका ५८ बुँदे कामहरु मध्ये पुँजप् बजारसँग प्रत्यक्ष सम्बन्धित १८ वटा मुख्य कामहरु अहिलेसम्म पुरा नभएपछि आमरण अनसन बस्नु परेको कोइरालाले बताएका थिए । ति सबै मागहरु पुरा गर्न प्रतिवद्ध रहेको बोर्डका अध्यक्ष ढुंगानाले बताएका छन् ।

डेपुटी गभर्नर नेतृत्वको कार्यदलले दिएका सुझावहरु मध्ये १८ वटा काम पुरा हुन बाँकी छ । १८ बुँदामा पहिलो ब्रोकर कम्पनीहरुको सञ्चालन तथा इजाजत नीतिमा पुनरावलोकन हुनु पर्ने, वाणिज्य बैंकहरुलाई मापदण्ड पुरा गरी ब्रोकर लाइसेन्स दिनु पर्ने, ब्रोकर कम्पनीहरु गाभ्ने गाभिने स्म्बन्धी नीतिगत व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुलाई मार्जिन कर्जा कारोबार गर्न इजाजत दिनु पर्ने लगायतका विषयहरु रहेका छन् ।

यसैगरी नेप्सेमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकाय स्थापना गर्नुपर्ने, नेप्समो रहेको सरकार र राष्ट्र बैंकको सेयर बिक्री गरी नप्सेको पुनरसंरचना गर्नु लगायतका विषयहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?