Comments Add Comment

बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाए

५ फागुन, सुर्खेत । कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीले ठक्कर दिने गाडी नै जलाइदिएका छन् ।

भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका–७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् ।

घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा आक्रोशित स्थानीयले गाडीमा नै आगजनी गरेका थिए ।

‘घटनाबारे समयमै जानकारी भएन, अलि ढिला थाहा पायौं हामीले । हाम्रो प्रहरी टोली घटनास्थल पुग्दा गाडी जलिसके रहेछ,’ डीएसपी शाहले भने ।

घटनापछि स्थानीयले गाडीलाई धकेल्दै ५० मिटर टाढा पु¥याएर आगजानी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै गाडी चालक उमाकान्त पाठक प्रहरी चौकी पुगेका थिए । चालक पाठक प्रहरीको नियन्त्रणमा छन् ।

स्थानीयले प्रहरी चौकीमासमेत आक्रमण गर्न थालेपछि जिल्लाबाट थप प्रहरी घटनास्थल खटाइएको डीएसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment