Comments Add Comment

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

६ फागुन, काठमाडौं । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो ।

यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई भने आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन सुरु गरेको छ । अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो । पहिलोपटक अष्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।

गुगलले अष्ट्रेलियाको सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएको थियो । तर, बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको हो । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।

फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताएको छ । यस्तोमा फेसबुकले अष्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने बताएको थियो । फेसबुकका अष्ट्रेलिया तथा न्युजिल्याण्डको सेवाका प्रमुख विलियम एस्टोनले आफ्नो ब्लगपोस्टमा लेखेका छन्, ‘यस -अष्ट्रेलियाको नयाँ नियम)ले हामीलाई एक निकै कठिन विकल्प रोज्नुपर्ने अवस्थामा छाडेको छ : प्रकाशकसँगको आधारभूत सम्बन्धको वास्तविकतालाई बेवास्त गर्ने कानुन मान्ने वा अष्ट्रेलियामा समाचार कन्टेन्ट रोक्नुपर्ने विकल्प हामीसँग छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment