Comments Add Comment

महिला मार्चमा सहभागीलाई बलात्कारको धम्की

७ फागुन, काठमाडौं । माघ ३० गते काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी अभियन्ता र स्रष्टाहरुलाई लक्षित गरी सामाजिक सञ्जालबाट धम्की आएको भन्दै वृहत नागरिक आन्दोलनले विरोध जनाएको छ ।

आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी महिला मार्चका अभियान्ता तथा स्रस्टा विरुद्घ दिइएको धम्की र फैलाइएको घृणाविरुद्ध बृहत नागरिक समाज आवा बुलन्द गर्ने जनाएको छ ।

विज्ञप्तिमा ‘आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्ष्य गरी फेसबुक र ट्वीटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ ।

यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुव्र्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्नेछ,’ भनिएको छ ।

यस्ता अपराधमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन पनि वृहत नागरिक आन्दोलनले आग्रह गरेको छ ।

‘महिला लगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ। प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने गरेका छन् । तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरू अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साइबर दुर्व्यवहार मार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पु¥याउनु हो । प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुँदै आन्दोलित हुन जरुरी छ ।’

सामाजिक सञ्जालमा आएको धम्कीको बारेमा प्रतिक्रिया दिँदै अभियन्ता मोहना अन्सारीले भनिन् ‘हामीले विभेदको विरुद्घ आवाज उठाइरहेका छौं । धर्मको विरुद्घमा होईन ।’ कार्यक्रम मार्फत् विचार अभिव्यक्त गर्दा यो किसिमको धम्की आउनु एकदमै निन्दनीय भन्दै उनले यस्तो काम राजनीतिक तथा धार्मिक आडमा हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment