+
+

सर्ट फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १५:१८

नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो चलचित्र बनेको छ ।

विविध कारणले आत्महत्याको प्रयास गर्न वाध्य पारिएकी एक नारीको कथालाई यो चलचित्रले उठान गरेको छ । यो चलचित्रलाई कोशिश नेपालले निर्माण गरेको हो । कोरोना महामारी र लकडाउनका कारण स्वास्थ्यबारे बहस बढेपछि आफूले यो चलचित्र बनाएको दीपेन्द्र बताउँछन् । उनले भने–‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने संभावना धेरै रहन्छ, तर सबैले बेलैमा सही सल्ला दिन सकियो भने उनीहरुलाई बचाउन सकिन्छ । डिप्रेशनबाट उठेर अरुलाई समेत प्रेरणा दिदै सकारात्मक जीवन बाचिरहेको हुनाले नम्रतालाई मुख्य भूमिकामा छनोट गरिएको हो ।’ नायिका श्रेष्ठले पनि चलचित्रको कथावस्तु मनपरेपछि आफूले काम गरेको बताइन् ।

उनले भनिन्–‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बिषयमा मैले विभिन्न मञ्चबाट बोल्दै आएको छु, यो चलचित्रले पनि सोही सन्देश दिने भएकाले मैले काम गरेको हुँ ।’ २० मिनेट लामो यो चलचित्रमा प्रविण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनले यो चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत छ । केही हप्तापछि अनलाइन प्लेटफर्मबाट यो छोटो चलचित्र रिलिज हुने लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?