काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको छ ।
लाउटारो मार्टिनेजको दुई तथा रोमेलु लुकाकुको एक गोल मद्दतमा इन्टरले मिलान डर्बी खेल सहजै जितेको हो । जितपछि इन्टरले मिलानसंग ४ अंकको अग्रता समेत बनाएको छ ।
सानसिरोमा भएको खेलको पाँचौ मिनटेमै मार्टिनेजले लुकाकुको पासमा गोल गरदै इन्टरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इन्टरले दुई गोल थप्यो ।
५७औं मिनेटमा मार्नटेनेजले इभान पेरिसिकको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ६६औं मिनेटमा पेरिसिककै पासमा लुकाकुले इन्टरका लागि तेस्रो गोल गरे ।
जितपछि इन्टरको २३ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट एसी मिलानको ४९ अंक छ ।
प्रतिक्रिया 4