+
+
Shares

सर्वोच्चको फैसलापछि दीपक लेख्छन्–‘जीत र हार भनेर सोच्दा देशले हार्नेछ’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १०:५७

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । पौष ५ गते विघटन भएको संसदलाई फागुणको ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गरेको छ ।

सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै विभिन्न खालका प्रतिक्रिया पनि सार्वजनिक भैरहेका छन् । नेपाली चलचित्रका केही कलाकारले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । कलाकार दीपकराज गिरीले भने यो फैसलालाई कसैको जीत र हारको रुपमा हेर्न नहुने बताएका छन् । दीपकले लेखेका छन्–‘यो जीत कस्को ? यो हार कस्को ? यसरी सोच्ने वुद्दि कसैमा पनि नआओस् नत्र दल र नेताहरुले त जित्लान्, देशले हार्नेछ ।’

दीपकले सर्वोच्चको फैसलालाई जीत र हारको रुपमा हेर्नु भन्दा पनि अब सबै जना मिलेर देशलाई समृद्धीको बाटोमा लैजान आवश्यक रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?