Comments Add Comment

कमलपोखरीमा नागरिक आन्दोलन : सिमेन्टको संरचना भत्काइयो

१४ फागुन, काठमाडौं । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गरेको विरोधमा वृहत नागरिक आन्दोलनले विरोध जनाएका छन् ।

वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् । पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको धकेलाधकेल भएको थियो ।

त्यसपछि उनीहरुले माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । उनीहरुले विकासका नाममा मौलिकता नमास्न आग्रह गरेका छन् ।

यसअघि वृहत नागरिक आन्दोलनले शुक्रबार नै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने, मातृभाषा संरक्षण गर्नुपर्ने लगायतको माग राखेका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment