१७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउ पक्राउ परेका छन् ।
क्लबको अध्यक्ष रहँदा ‘बार्सागेट’ नामक धब्बा लगाउने खालको अभियान काण्डको आरोपमा बार्तामेउलाई सोमबार स्पानिस पुलिसले पक्राउ गरेको हो । बार्तामेउसँगै तीन जना पक्राउ परेको डेली मेलले जनाएको छ ।
बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेका छन् ।
सोमबार बिहानै स्पानिस पुलिस बार्सिलोनाको नोक्याम्प स्टेडियममा प्रवेश गर्दै अनुसन्धान सुरु गरेको थियो ।
स्पानिस मिडियाले यस अनुसन्धानलाई गत वर्षको बार्सागेटसँग जोडिएको जनाएका छन् । जसमा क्लबका वर्तमान र पूर्वखेलाडीको विरुद्धमा धब्बा लाग्ने खालको अभियान चलाइएको आरोप लागइएको छ ।
बार्तामेउसँगै उनको बोर्ड डिरेक्टरले लिओनल मेसीसँगको विवादपछि पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया 4