+
+
Shares

अख्तियारको टोलीले पिछा गरेपछि ८ लाख रुपैयाँ फ्याँकेर भागे गाउँपालिकाका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १२:४३

१८ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् ।

गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो ।

उनी फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ र गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद गरेको रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?