+
+
Shares

जसलाई सहमति गर्ने हो गरौं, हामी आफैंलाई प्रधानमन्त्री चाहिँदैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १३:५६

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् । आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए ।

सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए । ‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन’ उनले भने, ‘कि हामी (अविश्वासको प्रस्ताव) दर्ता गर्छौं, संगै जाऊ । नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं । हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं ।’

पुस ५ मा संसद विघटन भएपछि दर्ता भएको अविश्वासको प्रस्ताव के हुन्छ त भन्ने प्रश्न प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले यसबारे आफूहरुले भन्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?