+
+

रेविकाको आशा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १६:२२

चलचित्र ‘लिलिबिली’मा नायिकाको रुपमा अनुवन्धित भएर पनि काम गर्न नपाएकी कलाकार हुन् रेविका गुरुङ । बेलायतको भीसा नलागेपछि रेविकाले चलचित्रमा काम गर्न पाइनन् र उनको स्थानमा नायिका प्रियंका कार्की अनुवन्धित भइन् ।

उनै, रेविकाले निर्देशक मिलन चाम्सको साथ भने निरन्तर पाइरहेकी छिन् । रेविकाले मिलनसँग नयाँ चलचित्र ‘गोर्खा वारियर’मा काम गर्दैछिन् । रेविका यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताउँछिन् ।

उनले, गोर्खालीहरुको विरताको कथा बोकेको चलचित्रमा जोडिन पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताइन् । रेविकाले यसअघि चलचित्र ‘मारुनी’मा काम गरिसकेकी छिन् । यो चलचित्रमा उनको कामलाई रुचाइएको थियो । यसपछि उनले चलचित्र ‘म’मा पनि काम गरेकी छिन् । यो चलचित्र भने प्रदर्शनमा आइसकेको छैन ।

चलचित्र क्षेत्रमा रेविकाले स्थापित हुनका लागि अझै संघर्ष गर्नुपर्ने हुन्छ । रेविका भने आफ्नो रिलिजका लागि तयार भएका र छायांकनमा जान लागेका चलचित्रबाट आशावादी देखिएकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?