+

मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

२०७७ फागुन  १८ गते १६:३२ २०७७ फागुन १८ गते १६:३२
मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

१८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुन २२ गते सुरु हुने काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

मंगलबार क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार पहिलो दिन त्रिभुवन आर्मी क्लब र एपीएफबीच तथा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।

आर्मी र एपीएफबीचको खेल टीयू क्रिकेट मैदान तथा पुलिस र बागमतबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । आर्मी गत माघमा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको विजेता तथा एपीएफ उपविजेता हो । पुलिस र बागमती सोही प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका चार टिमसँगै काठमाडौं मेयर- ११ टिम पनि मेयर्स कपमा खेल्नेछ । बागमती बाहेक बाँकी ६ प्रदेशका उत्कृष्ट खेलाडी समावेश गरी काठमाडौं मेयर- ११ टिम बनाइएको छ ।

पाँच टिमबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई स्थानमा रहने टिमले फागुन २९ गते फाइनल खेल्नेछन् । प्रतियोगिता आयोजनाका लागि काठमाडौं महानगरले क्यानलाई ५० लाख रुपैयाँ दिनेछ ।

हेर्नुहोस् खेल तालिका

क्रिकेट खेलकुद मेयर्स कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय