Comments Add Comment

यौन दुर्व्यवहारको आरोपपछि कर्नाटकका मन्त्रीले दिए राजीनामा

१९ फागुन, काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।

उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । उनले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गरेका थिए । उनले प्रहरीमा मन्त्रीविरुद्ध उजुरी पनि दिएका थिए । उनले आफू पीडितको आफन्त पनि नभएको स्पष्ट पारेका थिए । सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताएका छन् ।

-विभिन्न भारतीय सञ्चारमाध्यको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment