+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

जाजरकोटको बारेकोटमा ८८ प्रजातिका चरा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १५:३०

१९ फागुन, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेका जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन् ।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत कालो चिल र कालिज, काकाकूल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए ।

कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि बारेकाटमा फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीनदिन लगाएर गरिएको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो । रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा जाजरकोटमा चराको अध्ययन गरिएको हो ।

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरुंगी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिए ।

मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरीका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमुना क्षेत्र नै भएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?