+
+
Shares

म्यानमार नरसंहारको विरोधमा नागरिक अगुवाको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७७ फागुन २१ गते १२:०१
ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि गरिएको प्रदर्शन । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२१ फागुन, काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ ।

वृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ ।

उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?