Comments Add Comment

ओलीको निषेधकारी रवैयाले पार्टीमा संकट : अनन्त

२१ फागुन, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओलीमा अरुलाई निषेध गर्ने भष्मासुर प्रवृत्ति देखिएको आरोप लगाएका छन् । पुनले ओलीको निषेधकारी रवैयाकै कारण मुलुक र पार्टीमा संकट आएको बताएका छन् ।

सुखानी स्मृति दिवसको सन्दर्भमा अनेरास्ववियूले काठमाडौं उपत्यकामा आयोजना गरेको सहिद स्मृति कप प्रतियोगिता उदघाटन गर्दै पुनले भने, ‘ओलीमा सहयोद्धाहरुसँग सहकार्य गरेर सामूहिकतामा काम गर्ने संस्कार रहेनछ ।’ पुनले ओलीको अहंकार र दम्भकै कारण पार्टी विभाजनको डिलमा पुगेको बताए ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीको कदमले मुलुक, जनता र सहिदको अपमान भएको बताइन् ।

कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सहिदका सपना भुल्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment