Comments Add Comment

हङकङमा पक्राउ परेका ४७ प्रजातन्त्रवादी नेतामध्ये १५ जनालाई जमानत

२१ फागुन, काठमाडौं । हङकङमा राज्य प्रणालीमा क्षति पुर्‍याएको मुद्दामा पक्राउ परेका ४७ मध्ये १५ प्रजातन्त्रवादी नेताले जमानत पाएका छन् । अदालतमा सुनुवाइको क्रममा १५ जनाले जमानत पाएका हुन् । तर, सबैजना अझै केही समय हिरासतमा नै बस्नेछन् । हङकङको न्याय विभागले उनीहरुलाई जमानत दिने निर्णयविरुद्ध अपिल गरेको कारण यसबारे फैसला नआउँदासम्म उनीहरुलाई हिरासतमा नै राखिनेछ ।

चीनले गत वर्ष हङकङका लागि ल्याएको सुरक्षा कानुनअन्तर्गत उनीहरु पक्राउ परेका थिए । चीनले हङकङको स्थायित्वको लागि सुरक्षा कानुनको आवश्यकता रहेको बताएको थियो । गत महिला पक्राउ परेका ५५ जनाको समुहमा ४७ जना प्रजातन्त्रवादी नेताहरु थिए । उनीहरुमाथि दायर गरिएको राज्य प्रणालीमा क्षति पुर्‍याएको मुद्दाअनुसार उनीहरुलाई जन्मकैदसम्मको सजाय हुन सक्ने व्यवस्था छ ।

गत सोमबारदेखि उनीहरुको जमानतको विषयमा सुनुवाइ सुरु भएको थियो । अदालतमा प्रजातन्त्र पक्षधर समर्थकहरुको उल्लेख्य भीड देखिएसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरोपीहरुको संख्या ठूलो भएकाले अदालतमा उनीहरुका वकिल र अभियोजकहरुलाई मात्र प्रवेश दिइएको थियो ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment