
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
शुक्रबार काठमाडौं आएका विप्लव दिउँसो प्रधानमन्त्रीसँग भेटवार्ताका लागि उनको सरकारी निवास बालुवाटार गएका थिए ।
वालुवाटारको भेटवार्तामा सरकारी वार्ता टोलीका सदस्य रामबहादुर थापा बादल र राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोलीका सदस्य खड्गबहादुर विश्वकर्मा र उदय चलाउने पनि सहभागी भएका थिए ।
वालुवाटारमा भेटवार्तापछि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रियसभागृहमा आयोजित सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा सहभागी भएका छन् ।
तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4