Comments Add Comment

कांग्रेसले जसलाई छान्छ, उसकै सरकार बन्छ : शशांक कोइराला

२१ फागुन, सप्तरी । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध ल्याइने अविश्वासको प्रस्तावमा कांग्रेसले समर्थन गर्ने बताएका छन् । तर उनले त्यसअघि नै भावी प्रधानमन्त्रीको निर्णय भने हुनुपर्ने बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ मा शुक्रबार तृप्ति नारायण मेमोरियल अस्पतालको उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र  माधवकुमार नेपाल मध्ये को प्रधानमन्त्री हुने त्यसको निर्णय पहिले नै गर्नुपर्ने बताए ।

नेकपा फुटेको जस्तो पनि देखिएको र नफुटेको जस्तो पनि देखिएको भन्दै उनले सरकार निमार्णको साँचो नेपाली कांग्रेससँग रहेको बताए ।

‘कांग्रेस यस्तो फेबरेबल स्थितिमा छ कि कांग्रेसविना सरकार नै बन्न सक्दैन,’ उनले भने, ‘अब कांग्रेसले जुन साइड चुज गर्छ, भोलिको सरकार त्यसैमा निर्भर गर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment