Comments Add Comment

आफ्ना प्रहरी फिर्ता गर्न भारतलाई म्यानमारको आग्रह

२३ फागुन, काठमाडौं । म्यानमारले भारतसँग सीमा पार गरी भारत आएका आफ्ना प्रहरी अधिकारीहरुलाई फिर्ता गर्न आग्रह गरेको छ । म्यानमारको सैन्य शासकका अनुसार आदेश पालना नगरी शरण खोज्दै केही प्रहरी अधिकारीहरु आफ्ना परिवारसहित केही दिनअघि भारत प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने करिब ३० जना प्रहरी अधिकारी र उनीहरुका परिवार शरण खोज्दै भारत छिरेको उल्लेख गरेको छ ।

म्यानमारले भारतलाई पठाएको पत्रमा दुई मुलुकको मित्रवत् सम्बन्ध कायम राख्नका लागि आफ्ना प्रहरी अधिकारीहरु फिर्ता पठाउन आग्रह गरेको छ । गत महिना म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेसँगै अहिले म्यानमारमा निरन्तर सेनाविरुद्ध आन्दोलन भइरहेको छ । यो आन्दोलनविरुद्ध सेना पनि निकै कडारुपमा प्रस्तुत भएको छ । अहिलेसम्म म्यानमारमा जारी आन्दोलनको क्रममा ५५ जनाको मृत्यु भइसकेको छ ।

म्यानमारले भारतको मिजोरमस्थित चाम्फाई जिल्लाको वरिष्ठ प्रहरी अधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा आफ्ना आठ प्रहरी अधिकारीहरु भारत प्रवेश गरेको उल्लेख गरेको छ । मिजोरम प्रहरीले यस विषयमा भारतको गृह मन्त्रालयको निर्देशन कुरिरहेको बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment