Comments Add Comment

अन्तरीक्षमा खुल्दैछ पहिलो होटल

वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका हुन्छन् । कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती बसाल्ने योजना ।

यदि तपाईं तारा जुनको बीचमा खानपिन तथा मस्ती गर्ने सपना देख्नुहुन्छ भने अब त्यो पनि टाढा छैन । किनकि सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधासम्पन्न होटल खुल्नेछ ।
उक्त होटलको नाम भोएजर क्लास स्पेस स्टेशन राखिनेछ ।

चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले सन् २०२७ सम्म अन्तरीक्षमा बनाउने एक होटलको नमुना शेयर गरेको छ । उक्त होटलको निर्माण कार्य सन् २०२५ बाट सुरु हुने बताइएको छ र त्यसको २ वर्षमा निर्माणकार्य पूरा हुनेछ ।

अन्तरीक्षको उक्त होटेललाई एक ठूलो वृत्ताकारमा तयार गरिनेछ। त्यसमा शयन कक्ष, बार, रेष्टुरेन्ट, स्पा, सिनेमा हल, जिमखाना लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । उक्त होटलमा फाइभ स्टार होटलमा जस्तै सुविधाहरु उपलब्ध हुने बताइएको छ ।

होटलका सबै संरचनाहरु पृथ्वीमै तयार गरी अन्तरीक्षमा पूराइनेछ ।

भोएजर क्लास स्पेस स्टेसन नामको उक्त होटल घुमिरहनेछ । जसका कारण त्यसमा कृत्रिम गुरुत्वाकर्षण कायम हुनेछ । अर्थात् त्यसमा चन्द्रमामा जस्तो गुरुत्वाकर्षण कायम गरिनेछ ।

उक्त होटल भएको स्पेस स्टेसनमा केही वृत्तहरु थप गरिनेछ र त्यसलाई अनुसन्धानका निमित्त नासालाई प्रदान गरिनेछ ।

होटल भित्र गुरुत्वाकर्षणलाई विशेष रुपले ध्यान दिइनेछ ता कि पाहुनाहरुलाई कुनै असहजता महसुस नहोस् ।

होटल भित्रैबाट मानिसहरुले ब्रम्हाण्डको अवलोकन गर्न सक्नेछन् । उक्त होटलमा एक पटकमा चार सय मानिस बस्न सक्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment