
२३ फागुन, काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा पहिरोमा परेर शनिबार दुईजनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसाबु घर भएका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी घर भएका २२ वर्षीय अम्बरबहादुर कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिक्वाखोला गाउँपालिका–२ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटोसहितको पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4