+
+
Shares

अध्यादेश टेबल गर्न नदिनु अशोभनीय : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १९:४७

२३ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा अध्यादेश टेबल गर्न नदिने कार्य असंसदीय अभ्यास भएको बताएका छन् । उनले प्रतिपक्षी दलका सांसदहरुमा उत्तेजना र आवेग देखिएको पनि बताए ।

पुनस्र्थापनापछि आइतबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसले नाराबाजी गर्दै अध्यादेश टेबल गर्न दिएको थिएन ।

संसद स्थगित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै ज्ञवालीले भने, ‘सदनको सर्वोच्चतालाई समेत अस्वीकार गर्दै अध्यादेश सदनमा टेबल गर्ने कुरामा पनि साथीहरुले जुन ढंगले आपत्ति जनाउनु भयो, यो असाध्यै असंसदीय अभ्यास हो । यसले साथीहरुमा रहेको एक खालको उत्तेजना र आवेग देखिन्छ ।’

ज्ञवालीले अध्यादेश आइसकेपछि संवैधानिक व्यवस्था अनुसार नै पहिलो बैठकमा संसदमा पेश हुनुपर्ने प्रावधान रहेको पनि स्मरण गराए । ‘पेश भइसकेपछि पारित गर्ने वा नगर्ने भन्ने सदनको दायित्व हो,’ उनले भने ।

उनले सरकार संयमित रहेको भन्दै संसदका अधिवेशन र गतिविधि प्रक्रिया संगत र मर्यादित रुपमा अघि बढ्नुपर्ने बताए । ‘आज जुन खाले गतिविधि भए, ती शोभनीय थिएनन् ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?