काठमाडौं । करिम बेन्जामाले खेलको अन्त्यतिर गोल गरेपछि स्पानिस ला लिगामा मड्रिड डर्बी बराबरीमा सकियो छ । आइतबार भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । यसले दोस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।
घरेलु मैदानमा लुइस सुआरेजले मार्कुस लरेन्टेको पासमा १५औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
एट्लेटिको जिततर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा बेन्जामाले कासेमिरोको पासमा गोल गर्दै रियलको हार टारे ।
खेलमा रियलका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट बचाउ गरेका थिए ।
बराबरीपछि २५ खेलबाट लिग लिडर एट्लेटिकोको ५९ अंक छ । जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंकले बढी हो । यद्यपि एट्लेटिकोले एक खेल कम खेलेको छ । बार्सिलोना २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ ।
समान खेलबाट ५४ अंकसहित रियल तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4