२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो ।
एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ ।
प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल क्लब, प्रदेश २ को विजेता रौतहटको मनकामना युवा क्लब, बागमती प्रदेशको विजेता धादिङको धादिङ समाज, गण्डकी प्रदेशको विजेता लमजुङको त्रिवेनी युवा क्लब, लुम्बिनी प्रदेशको विजेता बाँकेको धमबोजी स्पोर्ट्स क्लब, कर्णाली प्रदेशको विजेता जुम्लाको लेकाली युवा क्लब र सुदूरपश्चिमको विजेताको कैलालीको स्टार सिटी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।
लिगको पहिलो खेलमा मनकामना युवा क्लब र स्टार सिटी युवा क्लब कैलाली भिड्नेछन् ।
प्रतिक्रिया 4