Comments Add Comment

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । साथै केपी शर्मा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाईसमेत व्युँताइदिएको छ ।

यो फैसलालाई प्रचण्ड-माधव समूहले निवेदकको माग दाबीभन्दा बाहिर गएर रिट जारी गरिएको भन्दै विरोध जनाएको छ । प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले सर्वोच्चको फैसला न्यायिक नभइ राजनीतिक भएको टिप्पणी गरे । अब कानुनका जानकार र पार्टीभित्र छलफल गरेर कसरी अघि बढ्ने भनेर एउटा टुंगोमा पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment