Comments Add Comment

फूडमाण्डु र दराज नेपालसँग निभियाको सहकार्य

२४ फागुन, काठमाडौं ।  निभियाले अनलाइन् सपिङ्ग स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिस फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको छ । ब्राण्डको विश्वव्यापी कार्यक्रम ‘केयर बिओण्ड स्किन’बाट प्रभावित हुँदै यो सहकार्यले नेपालमा आफ्नै स्वामित्वको रेष्टुरेण्ट व्यवसायहरु संचालन गरिरहेका महिला उद्यमीहरुले हासिल गरेका अद्भूत उपलब्धिलाई साथ दिने, पहिचान दिलाउने लक्ष्यमा अभियानलाई केन्द्रित गर्ने विश्वास लिइएको छ ।
निभियाले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर देशभरका नारीहरुलाई उनीहरुमा रहेको उद्यमशीलताको सम्भावना प्राप्तीका लागि सशक्तिकरण गर्ने उद्देश्यका साथ यो सहकार्यको घोषणा गरिएको जनाएको छ ।

२०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेको नारालाई पछ्याउँदै अभियानले महिला उद्यमीहरुलाई आफ्ना सशक्तिकरणका कथाहरु सुनाएर अरुहरुलाई पनि त्यही पथमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ । निभिया, फूडमाण्डु र दराजद्वारा अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई त्यस्तै धेरै अवसरहरु सिर्जना गर्ने र त्यस प्रकारको चुनौती स्वीकार्नलाई धेरै महिलाहरुलाई हौसला प्रदान गर्ने तथा जनचेतना निर्माण गर्न सहयोग गर्न सक्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने, मनाउने र पहिचान गर्ने उद्देश्य पनि लिइएको छ । अर्थपूर्ण कथाहरु र प्रभावकारी कथाहरुको सहायताबाट यो अभियानले अन्य बढ्दो महिला उद्यमीहरुलाई अघि बढ्न प्रेरित गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

अभियान र साझेदारीका सम्बन्धमा आफ्नो भनाई राख्दै निभिया इण्डियाका एसोसिएट डाइरेक्टर, अन्तर्राष्ट्रिय बिजनेसका सुधाँशु कृष्णले भने, ‘अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हामी महिला उद्यमीहरुलाई एउटा मञ्च उपलब्ध गराउन चाहन्छौ, जहाँ उनीहरु सबैजना एकसाथ आउन सक्छन्, आफूहरुको सफलता मनाउन सक्छन् र अन्य महिलाहरुले उनीहरुको उत्सवमा साथ दिन सक्छन् । हामी यस अभियानमा देशभरका महिलाहरुबाट अत्याधिक सहभागिता भएबाट यो अभियानको प्रभावकारिताबाट अत्यन्त उत्साहित एवं गौरवान्वीत भएका छौं । अन्तर्राष्ट्रिय नारी दिवसले विभिन्न महिला उद्यमीहरुलाई आफ्नो उद्यममा प्रदर्शन गर्न र उद्यमशीलता मार्फत् उनीहरुका रुचीकर यात्राहरुलाई प्रमुखताका साथ प्रस्तुत गर्ने एक सही अवसर दिएको छ । यो पहलमार्फत् हामीले रोल मोडलको रुपमा रहेका ४ जना सशक्त महिलाहरुका सफलताका कथाहरु सुनाउँदै महिला उद्यमीहरुलाई अझ व्यापकता प्रदान गरेर प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं ।’

फूडमाण्डुकी ब्राण्ड मार्केटिङ्ग म्यानेजर, दिक्षा महतले निभिया जस्तो ब्राण्डसँग सहकार्य गरेर आफ्नै स्थान बनाएका र सीमाभन्दा पर पुगेका महिलाहरुको अद्वितीय उपलब्धिहरुलाई मनाउन र सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

धेरै महिलाहरुमध्ये ४ जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ जसबाट दर्शकहरुलाई महिला उद्यमीहरुले सामना गरेका चुनौतीहरु तथा उनीहरुका जीवनशैलीहरुका बारेमा बुझ्न मद्दत पुग्नेछ ।

पहलको एक हिस्सा स्वरुप समेटिएका रेष्टुरेन्टहरुमा अँशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे रहेका छन् । भिडियोको उद्देश्य महिलाहरुद्वारा संचालित रेष्टुरेन्टहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अन्य महिलाहरुलाई उनीहरु आफ्नो जीवनमा के गर्न चाहन्छन् त्यसलाई प्रेरित गर्नु र नारी एवं पुरुष दुवै समान रुपमा क्षमतावान् र सक्षम छन् भन्ने सन्देश प्रवाह गर्नु रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment