Comments Add Comment

सांसदलाई सम्झाउन निवासमै पुगे मन्त्री

२३ फागुन, काठमाडौं । नेकपा ओली समूहमा खुलिदिन आग्रह गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सांसद शान्ति पाख्रिनको निवास पुगेका छन् ।

ओली समूहले शनिबार बोलाएको दलको बैठकमा पाख्रिन अनुपस्थित भएपछि मन्त्री गुरुङ सम्झाउन उनको निवास पुगेका हुन् । पाख्रिन ओली समूह निकटकै सांसद हुन् । तर, पछिल्लो समय यो समूहसँग पाख्रिन असन्तुष्ट रहेको स्रोतले जनाएको छ । पाख्रिनले भने व्यक्तिगत कामले दलको बैठकमा नगएको बताइन् ।

११५ सांसद आफ्नो समूहमा रहेको दावी गरेको ओली समूहको बैठकमा पाख्रिन अनुपस्थित भएपछि विहानै मन्त्री गुरुङ पेप्सीकोलास्थित निवास पुगेका थिए । ‘म खाना बनाउँदै थिएँ, मन्त्रीज्यू आइपुग्नु भयो । हामी एउटै जिल्लाको भएकाले आउजाउ त भइरहन्छ’, पाख्रिनले भनिन् ।

पाख्रिनले आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । ‘अहिले हाम्रो पार्टी विभाजन भइसकेको छैन । विभाजन भयो भने नै कता लाग्ने भन्ने हुन्छ’, उनले भनिन् ।

संसद् पुनर्स्थापना पछि नेकपाको दुवै समूहमा सांसदहरु तानातान चलिरहेको छ । दुवै समूहले बहुमतको पनि दावी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment