Comments Add Comment

भदौ १८ बाट धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’

लकडाउन सकिएसँगै नेपाली चलचित्रको निर्माणले गती लिएको छ । योसँगै निर्माण भएका र हुने क्रममा रहेका चलचित्रका निर्माताले पनि प्रदर्शन मिति तय गर्न थालेका छन् । चलचित्र ‘चिसो मान्छे, कबड्डी ४, डिसेम्बर फल्स’ लगायतका चलचित्रको प्रदर्शन मिति तय भैसकेको छ ।

यसैविच, केही हप्ता अगाडि छायांकन सकिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को निर्माणपक्षले चलचित्रलाई तीजको अवसर पारेर रिलिज गर्न लागेको वुझिएको छ ।

चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने तयारीमा यसको निर्माणपक्ष रहेको वुझिएको छ । तर, निर्देशक रेनशा वान्तवा राइले भने, चलचित्रको फस्टलुक वैशाख १ गते सार्वजनिक गर्ने र सोही दिनमा प्रदर्शन मिति पनि तय गर्ने बताइन् ।

तर, अनलाइनखबर श्रोतका अनुसार यो चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने पक्का यसको निर्माणपक्षले गरिसकेको छ । यो मितिमा अहिलेसम्म कुनै नयाँ नेपाली चलचित्रले प्रदर्शन मिति तोकेको छैन । आउँदो बर्ष ठूला बलिउड र साउथका चलचित्र पनि रिलिज हुने भएकाले नेपाली चलचित्रका मेकरलाई प्रदर्शन मिति तय गर्न समस्या देखिएको छ ।

चलचित्र ‘आई एम ट्वान्टी वान’का कलाकारद्धय धिरज मगर र जसिता गुरुङले डबिङ सकिसकेका छन् । डान्सको कथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment