+

काठमाडौं ११ ले दियो आर्मीलाई १५६ रनको लक्ष्य

२०७७ फागुन  २४ गते १३:२१ २०७७ फागुन २४ गते १३:२१
काठमाडौं ११ ले दियो आर्मीलाई १५६ रनको लक्ष्य

२४ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर्स ११ बीच खेल भइरहेको छ । काठमाडौंले आर्मीलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो । काठमाडौंका लागि सौरभ खानलले ४२ र सन्दिप रजाइलीले ३७ रन बनाए ।

काठमाडौंलाई अलआउट गर्न आर्मीका शाहाब आलमले ४ तथा जितेन्द्र मुखियाले ३ विकेट लिए ।

पहिलो विकेटका लागि हरिशंकर शाह र खड्ग बोहराले ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि चार ओभरभित्र काठमाडौंले ४ विकेट गुमायो । हरिशंकर शाह १८, खड्ग बोहरा १९, विपिन रावल ६ र सिद्धानत लोहनी शून्यमा आउट भए । चारै विकेट आर्मीका शाहाब आलमले लिए । आलमले ४ विकेट लिएपछि काठमाडौं ६५-४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि सन्दीप रजाली र सौरभ खनाल ६६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ्स उकासे ।

तर सौरभ ४२ रन बनाएर आउट भएपछि काठमाडौंले पाँचौं विकेट गुमाए । उनलाई कुशल मल्लले भीम सार्कीबाट क्याचआउट गराए ।

त्यसपछि जितेन्द्र मुखियाले काठमाडौको लगातार दुई विकेट लिए । मुखियाले काठमाडौंका कृष्ण कार्की र नारायण जोशीलाई खाता खोल्न नदिई पभेलियन फर्काए ।

४१औं ओभरको पहिलो बलमा सन्दिप रजाली आउट हुँदा काठमाडौंले आठौं विकेट गुमायो । आर्मीका जितेन्द्र मुखियाले रजालीलाई एलबीडब्लु धरापमा पारे ।

४२औं ओभरमा आर्मीका विक्रम सोबले काठमाडौंका विपिन खत्रीलाई कट एण्ड बोल्ड गरे । विपिनले खाता खोल्न सकेनन् ।

अन्तिम विकेटका रुपमा काठमाडौंका कप्तान सन्दीप १३ बनाएर आउट भए । उनलाई सोमपालले विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

आर्मीका लागि शाहाब बलमले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै जितेन्द्र मुखियाले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्ले समान १ विकेट लिए । किफायती बलिङ गरेका कुशल मल्लले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चे । विक्रम सोबले ६ ओभरमा १ मेडन राखद् १३ रन खर्चिए ।

काठमाडौं मेयर्स कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय