Comments Add Comment

नारी दिवसमा फुटबलर निरु थापा सम्मानित

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्वकप्तान तथा नेपाल पुलिस क्लबकी खेलाडी निरुलाई एन्फाले सोमबार सम्मान गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्वमहिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर निरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

गत वर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि निरुले राष्ट्रिय टिमबाट सन्यास लिएकी थिइन् । उनले क्लब फुटबल भने निरन्तर खेलिरहेकी छिन् ।

एन्फाले मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको दिन ‘एएफसी वुमेन्स डे’ कार्यक्रम मनाउँदै आएको छ ।

नारी दिवसकै अवसरमा सोमबार एन्फा महिला सदस्य पूर्व तथा बर्तमान खेलाडी र रेफ्रीहरुले मैत्रीपूर्ण खेल खेलेका थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङले लामो समयसम्म महिला विकासका लागि योजना बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment