+
+
Shares

भ्रामक समाचार प्रशारण भएको भन्दै मेगा बैंकको स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १६:५२

मेगा बैंक नेपाल लिमिटेडले आफूलाई जोडेर एक टेलिभिजनबाट प्रसारित खबरप्रति गम्भीर आपत्ति जनाएको छ । सत्यतथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सुनियोजित ढंगबाट अत्यन्तै पूर्वाग्रही, तथ्यहीन र व्यक्तिगत एवं संस्थागत चरित्रहत्या गरेको भन्दै बैंकले आपत्ति जनाएको छ ।

बैंकले पत्रकार आचारसंहिता, २०७३ को समेत उल्लंघन गरी एकतर्फी रुपमा बैंकको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याउने गलत मनसायले प्रसारित सामाग्रीमा कुनै सत्यता नरहेको व्यहोरा समस्त ग्राहक, सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाहरुको लागि सत्यतथ्य प्रकाशित गरेको बताएको छ । बैंकले आफूमाथि लागेको आरोपको खण्डन गरेको छ ।

बैंकले कर्जा प्रदान गर्दा प्रचलित कानून, नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको विनियम बमोजिम कर्जाको पूर्ण सुरक्षा हुने गरी पर्याप्त धितो लिई कर्जा प्रवाह गरेको र ऋणीले तोकिएको समयमा कर्जा भुक्तान नगरेको कारण कर्जाको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरी कानून बमोजिम कर्जा असुली प्रक्रिया अघि बढाइएको जानकारी गराउँदै बैंकले थुनामा रहेको अवस्थाका व्यक्तिको हस्ताक्षरको आधारमा कुनै कर्जा प्रदान नगरेको बैंकले बताएको छ ।

बैंक जस्तो उच्च सुशासन व्यवस्था भएको, पारदर्शी, नियमनकारी निकायद्वारा नियन्त्रित सार्वजनिक संस्थालाई विवादमा मुछेर बैंकको प्रमुख सूचना अधिकारीलाई समेत सम्पर्क नगरी एकतर्फी रुपमा समाचार प्रकाशित गरिएको भन्दै बैंकले खेद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?