Comments Add Comment

श्रीमानलाई बोकेर दौड प्रतियोगिता (फोटो फिचर)

२४ फागुन, काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।

श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले अनलाइनखबरलाई जानकारी दिइन् । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment