+
+
Shares

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देवघाटस्थित त्रिशूली नदीमा फेला परेका पहिचान हुन नसकेका शव व्यास नगरपालिका–५ चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ।
  • तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले डीएनए नमुना सङ्कलनसहित कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए।
  • तनहुँ क्षेत्रमा भेटिएका ३७ शवमध्ये २४ पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।

१५ भदौ, दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिए ।

उनले शव पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?