News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको व्यास नगरपालिका-३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी १७ वर्षीया किशोरीको प्रहरी र सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।
- बिहीबार राति साढे ८ बजे हामफालेकी किशोरीको साढे १० बजे उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले किशोरीको समयमै उद्धार गर्न सफल भएको हो ।
२६ असार, काठमाडौं । तनहुँको ब्यास नगरपालिका-३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्दार भएको छ ।
१७ वर्षीया किशोरी बिहीबार राति साढे ८ बजेतिर पुलबाट नदीमा हामफालेकी थिइन् । उक्त सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्धारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले ती किशोरीको उद्धार गरेको हो ।
प्रहरी र सेनाको टोलीले राति साढे १० बजेतिर ती किशोरीको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौलीमा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4