Comments Add Comment

नेकपा गोरखा पार्टी कार्यालयमा एमालेको बोर्ड राखियो

२५ फागुन, गोरखा । गोरखामा नेकपा एमालेको पार्टी कार्यालय स्थापना भएको छ । ओली समूहका कार्यकर्ताले मंगलबार गोरखा सदरमुकामको चाइनिजधारास्थित मदन–आश्रित स्मृति प्रतिष्ठानको भवनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड राखेका हुन् ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएसँगै उक्त भवन नेकपाको नगर कमिटी र जनवर्गीय संगठनको कार्यालयको रुपमा प्रयोग हुँदै आएको थियो ।

सर्वाेच्च अदालतको फैसलापछि उक्त भवनमा पार्टी कार्यालय स्थापना गरिएको एमाले जिल्ला कमिटी गोरखाका अध्यक्ष प्रेम गुरुङले बताए । पार्टीका सबै गतिविधि उक्त कार्यालयबाट सञ्चालन गरिने उनले जानकारी दिए । यसअघि उक्त भवन नेकपा एमालेको कार्यालयको रुपमा रहेको थियो ।

जिल्ला कमिटीको बैठकले चैत ७ गतेभित्र गोरखाका सबै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment