Comments Add Comment

देवी भन्छिन्–‘जे चल्यो, त्यसकै पछाडि दौडिनु राम्रो होइन’

लोकगायिका देवी घर्तीले जुन गीत चल्यो त्यसपछि त्यस्तै शैलीको स्वर खोजिने गरेको बताएकी छिन् । उनले भनिन्–‘बदला बरिलै गीत चलेपछि धेरैले मलाई यस्तै स्वरमा गीत गाउन आग्रह गर्नुभयो । कुनै गीत चलेपछि अघिल्लो गीतकै मेलोडीमा स्वर खोजिन्छ ।’

उनले अगाडि भनिन्–‘स्केल हाइ छ, तर लो मेलोडीको स्वर निकाल्नुहोस् भनेपछि कहाँ हुन्छ र ?’ देवीका अनुसार, कतिपय उनले अपेक्षा गरेका गीत चल्दैनन् । तर, कतिपय आशा नै नगरेका गीत पनि बजारमा चल्ने गरेको उनको तर्क छ ।

उनले, नव–गायिकाहरुले राम्रो काम गरेको बताउँदै उनीहरुको स्वर आफूले सुन्ने गरेको बताएकी छिन् । कोरोनाका कारण थला परेको स्टेज कार्यक्रम विस्तारै चलायमान हुन थालेको उनको तर्क छ । स्टेज कार्यक्रम सुरु भएपछि गायक–गायिकालाई पनि सहज हुने देवीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment