Comments Add Comment

गाँजासहित एकजना पक्राउ

२५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेका छन् ।

मंगलबार साँझ ७ बजे वीरगञ्ज-११ स्थित अल्पाइन बोर्डिङ स्कुल नजिकबाट उनी पक्राउ परेका हुन् । ना.४६ प.५३२९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा ३ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका पटेलमाथि लागूऔषध कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment