+
+
Shares

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १३:१४
प्रतीकात्मक तस्वीर

२६ फागुन, काठमाडौं । कटुवा पेस्तोलसहित नेपालगञ्जबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१ पीपल चौताराका २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दियाको राजापुर नगरपालिका–१० का २४ वर्षीय कृष्णा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा एकनाले कटुवा पेस्तोलसहित फेला पारी बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?