+
+
Shares

राष्ट्रिय सभामा प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:४०

१२ असोज, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

सोमवार बसेको बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रश्तुत गरेकी हुन् ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति मागेकी थिइन् ।

सभाका अध्यक्षबाट अनुमति प्राप्त भएपछि मन्त्री गौतमले आर्थिक वर्ष २०८१/८२ मा आयोगले गरेका कार्यसम्पादन र वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन औपचारिक रूपमा सदनमा दर्ता गराइन् ।

संवैधानिक प्रावधानअनुसार, संवैधानिक निकायहरूले आफ्नो वार्षिक कार्यप्रगति विवरण सदनमा पेश गर्नुपर्ने व्यवस्था छ ।

सोही बमोजिम प्रस्तुत गरिएको उक्त प्रतिवेदनमा प्राकृतिक स्रोतको बाँडफाँड र वित्तीय हस्तान्तरणका विषयहरू समेटिएका छन् ।

प्रतिवेदन पेश भएसँगै राष्ट्रिय सभाको नियमित बैठक स्थगन गरिएको छ । अर्को बैठक असोज १५ गते बस्ने गरी आजको बैठक समाप्त भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?